म्यानमारमा भएको सैन्य ‘कू’ र संकटकालको कांग्रेसद्वारा विरोध


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १९ सोमवार ०७:३३ बजे

म्यानमारमा भएको सैन्य ‘कू’ र संकटकालको कांग्रेसद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेनाले ‘कू’ बारे सबैले साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्ने बताएका छन् । साथै यसको विश्वव्यापी रुपमा निन्दा गनुपर्ने उनले बताएका छन् ।

म्यानमार सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ भने एक वर्षका लागि संकटकाल लगाएको छ ।

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ ।

चुनावमा प्रश्न उठेको भए संवैधानिक राजनीतिक प्रक्रियाबाट हल गर्नुपर्ने भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सेनाले हस्तक्षेप वा निर्वाचित शासकबाट लोकतान्त्रिक प्रक्रियामा हुने हस्तक्षेप ओलाचित विषय बन्छ । नेपाली कांग्रेस म्यानमारको घटनाप्रति विरोध गर्न चाहन्छ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार