संसद विघटन : ‘श्रीमान यो त हिन्दी फिलिम जस्तो भयो’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १८ आइतवार ०८:०० बजे

संसद विघटन : ‘श्रीमान यो त हिन्दी फिलिम जस्तो भयो’

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।

आइतबारको बहसमा अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे ।

‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’ उनले संसद विघटन गलत भएको तर्क गरे ।

संसद विघटनविरुद्ध परेका एक दर्जन बढी रिटहरुमा यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार