काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुबै समूहका दोस्रो तहका नेताहरू अध्यक्षको सन्देश बोकेर निर्वाचन आयोग पुगेका छन् ।
शुक्रबार नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट कृष्णगोपाल श्रेष्ठ र रामेश्वर फुयाँल र प्रचण्ड–नेपाल समूहका नेताहरू राजेन्द्र पाण्डे र लिलामणि पोख्रेल निर्वाचन आयोग पुगेका हुन् ।
निर्वाचन आयोगले नेकपाका दुवै पक्षका अध्यक्षलाई बैठकका लागि बोलाएको भए पनि अध्यक्षकाे सन्देश बाेकेर उनीहरू आयोगकाे कार्यालय पुगेका हुन् ।
आयोगमा पुगेका पाण्डेले निर्वाचन आयोगले कसरी निर्वाचन गर्न सकिँदैन भनेर बोलाएको प्रतिक्रिया दिए । उनले आजको छलफलमा अध्यक्षहरू उपस्थित हुन नसकेको जानकारी गराउँदै अर्को छलफलका लागि आग्रह गरिने बताए ।
