कांग्रेसको ‘गरीखाने अभियान’काे नेतृत्व गर्दै विनोद चौधरी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १५ बिहीवार ०९:२६ बजे

कांग्रेसको ‘गरीखाने अभियान’काे नेतृत्व गर्दै विनोद चौधरी

काठमाडाैं । नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ ।

कांग्रेसले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर नेपाली जनतको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएकाे घाेषणा गरेकाे हाे ।

पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजनासहित अभियानकाे सुरू गरिएकाे जानकारी दिए ।

पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए ।

‘अभियान नेपाली कांगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ पत्रकार सम्मेलनमा उनले भने ।


प्रतिक्रिया

सम्बन्धित समाचार