केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ११ आइतवार १३:२६ बजे

केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार