एकलकाटे एमाले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ३ सोमवार १५:४० बजे

एकलकाटे एमाले

काठमाण्डौ
असोज ३
संविधान दिवसका अवसरमा प्रतिपक्षी दल नेकपा एमालेले आज छुट्टै कार्यक्रम गरेको छ ।

images

संविधान दिवस मनाउने क्रममा आज दिउसो १ बजे राजधानीको रत्नपार्कबाट बाजागाजासहित बृहत् ¥याली गरेर अपरान्ह वसन्तपुरमा बृहत् सभा आयोजना एमालेले गरेको हो । गत बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले देशभरि बृहत् ¥याली र सभा आयोजना गरेर संविधान दिवस मनाउने निर्णय गरेको थियो । नेकपा एमालेले मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनको माग अनुसार संविधान संशोधन गर्न नहुने अडान राख्दै आएको छ । सिमाङकनको विषय राष्ट्रिय अखण्डतासंग जोडिएको विषय भएकाले सोही विषयलाई प्रतिकुल पार्ने गरी संविधान संशोधन गर्न नहुने उसको जिकिर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार