बाबुरामले प्रचण्डलाइ फेरि थर्काए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २ आइतवार २०:३५ बजे

बाबुरामले प्रचण्डलाइ फेरि थर्काए

काठमाण्डौ
असोज २
बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति नेपालले नयाँ संविधानप्रति असन्तुष्टहरुको माग सम्बोधन गर्न एक सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न माग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण सकेर फर्किनुअघि आज बिहान कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिलाइ भेटेर ज्ञापन पत्र बुझाउदै नयाँ शक्ति नेपालले २०७४ साल माघ ७ गतेसम्म ३ वटा तहको निर्वाचन गर्नुपर्ने बिषयमा गम्भिर बन्न सरकारलाइ आग्रह गरेको छ । उसले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न माग गरेको छ । साथै पहिचानका पाँच र सामाथ्र्यका चार आधारका साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने नयाँ शक्ति नेपालको माग छ ।मुलुकको आर्थिक विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ठोस कार्ययोजना निर्माण गरी काम गर्न ज्ञापनपत्रमार्फत नयाँ शक्तिले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँशक्ति पार्टीले आज ७५ वटै जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार