काठमाण्डौ
असोज २
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्चको विवरण सरकारलाई बुझाएको छ । यस्तै मधेस आन्दोलनमा परी मृत्यु भएकाहरुमध्ये सहिद घोषणा गर्न बाँकी १६ जनाको नामावलीका साथै जीवन पर्यन्त भरणपोषण आवश्यक पर्ने घाइतेहरुको नामावली गृहमन्त्री निधिलाई बुझाएको सुमनले बताउनुभयो ।
मधेसी मोर्चाले यसअघि नै आन्दोलनका क्रममा पक्राउ परेकाहरुमाथी लगाइएको ९१ वटा मुद्धाको सुची सरकारलाइ बुझाइसके पनि केहि थप हुन आएको र त्यसलाइ पनि समेटेर थप मुद्धाहरुको सुची पनि बुझाइएको मोर्चाका नेता सुमनले बताउनुभयो । सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाइ सहिद घोषणा गरेपनि आन्दोलकै क्रममा मृत्यु भएका थप १६ जनालाइ पनि सहिद घोषणा गर्न मोर्चाले सरकारलाइ दवाव दिइरहेको छ ।
