विप्लवको विज्ञप्तीमा विरोधै विरोधको विचार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १ शनिवार २०:१५ बजे

विप्लवको विज्ञप्तीमा विरोधै विरोधको विचार

काठमाण्डौ
असोज १
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका सहमतिप्रति असन्तुष्टि जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै चन्द नेतृत्वको नेकपा (माओवादी)ले भ्रमणका क्रममा भएका सम्झौताप्रति असहमति जनाएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले दिल्लीबाटै नेपालका भुकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्न सहमति जनाएको पनि सो माओवादीले  आरोप लगाएको छ  । यसका साथै भारतसंग भएका सहमति कार्यान्वयन हुन नदिने पनि उसले जनाएको छ । जवर्जस्ती रुपमा भारतसंग सम्झौता गरी मनलाग्दी कार्यान्वयन गरे आन्दोलनमा उत्रिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार