सरकारले दिएको अग्रिम ३० लाख बोकेर पूर्वराष्ट्रपति अमेरिका आज उड्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १ शनिवार २०:११ बजे

सरकारले दिएको अग्रिम ३० लाख बोकेर पूर्वराष्ट्रपति अमेरिका आज उड्दै

काठमाण्डौ
असोज २
पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ ।

उहाँ आज बेलुका ९ बजेर ४० मिनेटको समयमा इतिहाद एयरलाइन्समार्फत उहाँ युएईको आवुधावी हुदै अमेरिका जानुहुनेछ । अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो । उपचारका लागि अमेरिका प्रस्थान गर्नुअघि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षितरुपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार आवश्यक उपचारका लागि अमेरिका जान लागेको जानकारी गराउनुभएको छ । पूर्वराष्ट्रपति यादवको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा यही असोज १० गते ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ । उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई समेत उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार