काठमाण्डौ
असोज १
पहिलो संविधान दिवस भव्यताका साथ मनाउने एमालेले निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गर्दै एमालेले संविधान दिवसको दिन दिउसो १ बजे काठमाण्डौको रत्नपार्कस्थित शान्तीबाटिकाबाट ¥याली निकालेर बसन्तपुर पुगी संविधान दिवस मनाउने जानकारी गराएको हो ।

Chairman and Prime Minister KP Oli and other leaders of CPN-UML during the parliamentary party office meeting at Nuptse Hall, BICC in Baneshwor, Kathmandu on Wednesday, July 20, 2016.
Photo: Nagarik/Republica
संविधान दिवसका अवसरमा आयोजित सो कार्यक्रममा सहभागी हुन तथा आ–आफ्नो ठाँउमा संविधान दिवस भव्यताका साथ मनाउन एमालेले सबैलाइ अनुरोध गरेको छ । साथै एमालेले संविधान संशोधन भन्दा अहिले संविधान कार्यान्वयन तर्फ लाग्नुपर्ने निष्कर्ष निकालेको छ । कुनै दलको इच्छाअनुसार संविधान संशोधन नहुने भन्दै एमालेले ९० प्रतिशत जनप्रतिनिधीको समर्थनमा बनाइएको संविधानलाइ असफल बनाउने प्रयासहरु भइरहेको टिप्पणी गरेको छ । सचिव प्रदिप ज्ञवालीद्धारा जारी विज्ञप्तीमा संविधान कार्यान्वयन र यसको रक्षाका लागि आफ्नो पार्टी दृढ रहेको उल्लेख गरिएको छ । डेढ बर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने वाध्यता भूलेर सरकारले स्थानीय तहको निर्वाचन समेत गर्न नचाहेको एमालेको आरोप छ । यसअघि,सरकारले पनि पर्सी ३ गते संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरिसकेको छ । अर्कातिर, संविधान घोषणा हुनुअघि देखि नै निरन्तर आन्दोलन र खवरदारी गर्दै आएको तर वर्तमान सरकार गठनमा सहयोग गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघिय गठबन्धनले भने असोज ३ अर्थात संविधान दिवसलाइ कालो दिनका रुपमा मनाउने घोषणा गरेको छ ।
