अघोषित लोडसेडिङ बन्द गर्न नेविसंघकाे माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १६ बिहीवार ११:२२ बजे

अघोषित लोडसेडिङ बन्द गर्न नेविसंघकाे माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै उपत्यकालगायतका ठाउँमा प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले समस्या भोग्नु परेकोले तत्काल यसको अन्त्य गर्न माग गरे ।

अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएकोप्रति संघले ध्यानाकर्षण गराएको छ। दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार