प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले दिएको छैन : सभामुख सापकोटा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १६ बिहीवार ०८:३८ बजे

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले दिएको छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएकाे बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध अखिल नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताए ।

अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् ।

‘हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन । मैले आफ्नो धारणा पहिले नै सार्वजनिक गरिसकेको छु र म अदालतमा पनि त्यहीअनुसारको प्रतिउत्तर दिँदै छु,’ सभामुख सापकोटाले भने ।


प्रतिक्रिया

सम्बन्धित समाचार