ओलीले अलोकतान्त्रिक र असंवैधानिक काम गरे : देउवा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १६ बिहीवार ०५:२२ बजे

ओलीले अलोकतान्त्रिक र असंवैधानिक काम गरे : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको बताएका छन्।

मेलमिलाप दिवसका अवसरमा कांग्रेसले बिहीबार बिहान गरेको भर्चुअल कार्यक्रममा देउवाले भने ‘ओलीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गरेका छन्, ‘ओलीको कदम अलोकतान्त्रिक पनि छ।’

प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कामको कांग्रेसले विरोध गरिआएको देउवाको भनाइ छ।

उनले देशभरबाट ओलीको कदमबारे विरोध गरिएको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए।

यो मुद्दा सर्वोच्च अदालतमा छ। अदालतमा मुद्दा विचाराधीन भएकोले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले अहिले आन्दोलन नगर्ने देउवाको भनाइ छ।

‘आन्दोलनको नाममा अदालतलाई धम्क्याउन मिल्दैन। कसैको खिलापमा भयो भने पछि पनि आन्दोलन हुने भएकोले सोचे विचार गरेरै हामीले आन्दोलन नगरेको हो,’ देउवाले भने, ‘अदालतको निर्णय पर्खनुपर्छ।’

प्रजातन्त्रमाथि खतरा आइपरेको देउवाले बताए। मानव अधिकारलगायत अधिकार कब्जा गर्न प्रधानमन्त्री ओली लागिपरेको देउवाको आरोप छ।


प्रतिक्रिया

सम्बन्धित समाचार