भारतीय व्यापारीलाइ फकाउदै प्रचण्डले यसो भने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १ शनिवार १५:४१ बजे

भारतीय व्यापारीलाइ फकाउदै प्रचण्डले यसो भने

काठमाण्डौ
असोज १
शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ ।

नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह समेत गर्नुभयो । उहाँले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो । भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार