ओली पक्षद्वारा संशोधित विधान निर्वाचन आयोगमा दर्ता, प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ९ बिहीवार ११:३० बजे

ओली पक्षद्वारा संशोधित विधान निर्वाचन आयोगमा दर्ता, प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ ।

बिहीबार आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ‘चल्ने’ बनाइएको  स्राेतले बतायाे । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

स्राेतका अनुसार संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ ।

ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । प्रचण्ड–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार