प्रदेशसभापनि भंग गर्दै प्रधानमन्त्री ओली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ९ बिहीवार ०८:१४ बजे

प्रदेशसभापनि भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्ने तयारी गरेका छन् । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेका ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सभा भंग गर्ने तयारी गरेका स्राेतले बतायाे ।

हाल सात प्रदेशमध्ये चार प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ओलीनिकट नेताहरू मुख्यमन्त्री छन् ।

ओली समूहका प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । केन्द्रजस्तै प्रदेशको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिने र बहुमत साबित गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, प्रधानमन्त्रीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सकिने लोकतान्त्रिक विधिलाई पूर्णतः निषेध गरेर भंगको तयारीमा लागेका हुन् । प्रधानमन्त्री ओलीले प्रदेशसभा विघटनका लागि आफू निकट मुख्यमन्त्री र नेताहरुसँग छलफल गरेका वालुवाटार स्रोतले जानकारी दियाे ।


प्रतिक्रिया

सम्बन्धित समाचार