काठमाण्डौ
भदौ ३१
तत्कालिन माओवादी लडाकु शिविरमा खर्च गरिएकोबारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकू शिविरमा भएको भनिएको अनियमितता बारे अनुसन्धान गर्दै माओवादीका तत्कालिन जिम्मेवार नेताहरुलाइ ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । आज साँझ पत्रकार सम्मेलन गर्दै अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भनिएको भ्रष्टाचारको छानविन तीव्र पारिएको जानकारी गराउनुभयो । अख्तियारले तत्कालीन अवस्थामा हस्ताक्षर गर्ने र शिविरका जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन भनेपनि नेताहरुको नाम सार्वजनिक गरेको छैन । माओवादी शान्ति प्रक्रियामा आएपछि सात मुख्यसहित विभिन्न शिविरमा माओवादी लडाकु राखिएको थियो ।
