प्रचण्ड–नेपाल समूहकाे संसदीय दलको बैठक बस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार ०५:०८ बजे

प्रचण्ड–नेपाल समूहकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बस्दैछ।

पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षका सांसदहरु बुधबार संसदीय दलको बैठकका लागि बानेश्वरस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे भेला गर्ने भएका छन् ।

नेकपाका बहुमत सांसदहरुको समर्थन रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल पक्षले बुधबार संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी गरेको छ ।

प्रचण्ड–नेपाल पक्षको मंगलबार भएको केन्द्रीय समिति बैठकले अध्यक्षबाट ओलीलाई हटाएर नेता नेपाललाई अध्यक्षमा नियुक्त गरेको थियो ।

यसैबिच मंगलबारको निर्णयसहित आफूहरु नै आधिकारिक नेकपा रहेको दाबीसहित प्रचण्ड–नेपाल पक्ष बुधबार निर्वाचन आयोग जाने तयारीमा पनि छ ।

यसअघि नै ओली पक्षले मंगलबार आफ्ना केन्द्रीय सदस्यहरुको नामावलीसहित निर्वाचन आयोगमा आफूहरु आधिकारिक भएको दाबी गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार