काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
काठमाडाैंकाे बबरमहलस्थित एक पार्टी प्यालेसमा सुरू भएकाे केन्द्रीय कमिटीको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधबकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूको सहभागिता रहेको छ ।
बैठकमा आन्तरिक समस्या समाधानबारे प्रस्ताव, आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन, अनुशासनको कारवाही, अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त, कार्ययोजना र कार्यक्रम, विरोध कार्यक्रम, संगठनात्मक कार्ययोजना, कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन र अन्य समसामयिक प्रस्तावहरु एजेण्डाका रूपमा तय भएका एक नेताले जानकारी दिए ।
