नेकपा ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार ०८:१४ बजे

नेकपा ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने

काठमाडौं । नेकपा ओली समूहले भोलि सातवटै प्रदेशमा भेला गर्ने भएको छ ।

प्रदेश कमिटीले भोलि भेला आयोजना गरेको छ । सातवटै प्रदेशमा भेला आयोजना गरिएको नेताहरुले जनाएका छन् ।

यस्तै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले महाधिवेशनकाे मिति तय गरेकाे छ।

आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय ओली समूहको केन्द्रीय समिति बैठकले गरेको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेकाे एक नेताले बताए।


प्रतिक्रिया

सम्बन्धित समाचार