कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार ०४:५० बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएकाे छ।

आजको बैठकमा पहिलो एजेन्डा असंवैधानिक र अधिनाकवादी भन्दै आएको संसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्नु रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए ।

शर्माले भने, ‘आजको बैठक सरकारी कदम, प्रधानमन्त्रीले संसद् विघटन गरेपछिको परिस्थितिमाथिको छलफलकै लागि बोलाइएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार