राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ६ सोमवार १२:०२ बजे

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

पाल्पा । पाल्पामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पाल्पामा नेपाली कांग्रेस निकट भ्रातृसंगठनहरुले सोमबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै कांग्रेस निकट तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतको आयोजनामा तानसेनमा विरोध प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कमी हुने उनीहरूकाे भनाइ थियाे ।


प्रतिक्रिया

सम्बन्धित समाचार