काठमाण्डौ
भदौ २९
सुपरस्टार लियोनल मेस्सीको ह्याट्रिक मद्धतमा बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार शुरुवात गरेको छ । गएराती सेल्टिक क्लबमाथी ७–० को सानदार जित निकाल्दै च्याम्पियन्स लिगमा शानदार शुरुवात गरेको हो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाको जितमा स्टार स्ट्राइकर लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस स्वारेजले दुई तथा नेयमार र इनिष्टाले एक÷एक गोल गरे । यस्तै गएराति नै भएको अर्को खेलमा समूह डीमा रहेको जर्मन क्लब बार्यन म्युनिखले पनि विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा रुसको एफसी रोस्टोभ माथी ५–० को शानदार जित निकाल्दै बार्यनले गतिलो शुरुवात गरेको हो । गत बर्ष सेमिफाइनलमा रोकिएको बार्यनले यस बर्ष उपाधि जित्ने लक्ष्य लिएको छ। बार्यनको जितमा जो शुए किमिचले दुई तथा रोबर्ट लेवान्डोस्की, थोमस मुलर र बर्नाटले एक÷एक गोल गरे ।
यस्तै गत बर्षको उपविजेता एट्लेटिको मड्रिडले पनि पि एस भी एन्थोवेनलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको छ । यस्तै च्याम्पियन्स लिगमा इंग्लिस कलबहरु आर्सनल आफ्नो पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसंग १–१ को बराबरीमा रोकिएको छ भने समूह ए मै रहेका बासेल र लुडो राजग्डले पनि १–१ को बराबरी खेलेका छन् । समूह बीमा रहेको इटालीको नापोली क्लबले भने युक्रेनको डाइनामो किएभलाई २–१ ले हराउँदा समूह बीमै रहेका बेन्फिका र वेसिक्टासले १–१ को बराबरी खेलेर अंक बाँडेका छन्
