सरकारले सर्वदलीय बैठक डाकेको छ । बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । यद्यपी लकडाउन प्रभावकारी छैन । कोरोना रोकथाम तथा नियन्त्रण लगायत सीमाक्षेत्रमा देखिएको विवादबारे छलफल हुने स्रोतले बतायो ।

बैठकमा संसदमा प्रतितिधित्व गर्ने राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्री लगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
