७ वटै प्रदेशमा एमालेका नेताहरु छानिए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २६ आइतवार १८:५७ बजे

७ वटै प्रदेशमा एमालेका नेताहरु छानिए

काठमाण्डौ
भदौ
नेकपा एमालेले सात वटै प्रदेश कमिटीलाइ पूर्णता दिएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज बसको स्थायी कमिटी बैठकले प्रदेश कमिटीहरुलाइ पूर्णता दिएको हो ।

यसअघि गत साउन ३० गतेदेखि लगातार एकसाता बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेशको संयोज र सहसंयोजक टुंगो लगाएपनि अन्य सदस्यहरु टुंगो लगाउन सकेको थिएन । हिजो र आज बसेको एमाले बैठकले प्रदेश कमिटीलाइ पूर्णता दिएको हो । जसअनुसार एमालेले संयोजक भीम आचार्य र सहसंयोजक शेरधन राइसहित १ सय १ सदस्यीय एक नम्बर प्रदेश कमिटी बनाएको छ । त्यस्तै  सत्यनारायण मण्डल संयोजक तथा नागेन्द्र चौधरी सहसंयोजक रहेको २ नम्बर प्रदेश कमिटी ८१ सदस्यीय बनेको छ । संयोजक अष्टलक्ष्मी शाक्य तथा सहसंयोजक काशिनाथ अधिकारी रहेको १ सय ११ सदस्यीय ३ नम्बर प्रदेश कमिटी बनाइएको छ । त्यस्तै एमालेको ४ नम्बर प्रदेश कमिटीमा संयोजक किरण गुरुङ तथा सहसंयोजक गणेश तिम्सिनासहित ५९ जना सदस्य रहेका छन् भने प्रदेश नम्बर ५ को संयोजकमा उप महासचिव बिष्णु पौडेल र सहसंयोजकमा दलबहादुर रानासहित ८० सदस्यीय कमिटी बनेको छ । उपाध्यक्ष युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको एमालेको ६ नम्बर प्रदेश कमिटी ५१ सदस्यीय बनेको छ भने उपाध्यक्ष भीम रावल संयोजक र कर्ण थापा सहसंयोजकसहित एमालेको ७ नम्बर प्रदेश कमिटीमा ५८ सदस्य रहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार