काठमाण्डौ
भदौ २६
सशस्त्र द्वन्द्वका पीडित सुरक्षाकर्मीका प्रतिनिधिहरुले आजिवन पेन्सनको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले निरुपण तथा मेलमिलाप आयोगको दायराभित्र आफ्ना समस्या समावेश गर्न माग गरेका हुन् । सो क्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेका द्वन्द्वपीडित सम्मिलित द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले पीडित सुरक्षाकर्मी र परिवारलाई पीडितको पहिचानसहितको सुविधाको व्यवस्था गर्न, मृतक सुरक्षाकर्मीलाई पनि शहिद घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले द्धन्द्धपिडित सुरक्षाकर्मीका परिवारका मागप्रति सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।
