काठमाण्डौ
भदौ २३
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे सबै राजनीतिक दलहरुसँग छलफल गर्नुहुने भएको छ ।
राजधानीमा आज आयोजित एक अन्तरकृया कार्यक्रममा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे परराष्ट्रविद,उद्योगी व्यवसायी लगायत अन्य सम्बन्धित विज्ञहरुसँग छलफल भइसकेको भन्दै केहिदिनभित्र सबै राजनीतिक दलहरुसँग छलफल गर्ने बताउनुभयो । उहाँले आफ्नो भारत भ्रमण विशुद्ध दुइदेशको सम्बन्धलाइ नयाँपन र नयाँ उचाइमा पु¥याउनु रहेको बताउनुभयो । नेपाल र भारतको सम्बन्धबारे अनेकथरी कुरा हुने परम्परा रहेको भन्दै त्यसलाइ चिर्दै सुमधुर र सुदृढ सम्बन्ध बनाउन आफ्नो भ्रमण केन्द्रित हुने बताउनुभयो । आफु नेतृत्वको सरकार कसैको इसारामा नचल्ने भन्दै राष्ट्रियताको पक्षमा आफु विगतदेखि अडिग रहेको र अबपनि राष्ट्रको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो भ्रमणका क्रममा पनि राष्ट्रिय स्वाधिनतामा आँच आउने कुनै काम नगर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले राष्ट्रवादको नारा लगाउँदा लगाउँदै बिखण्डनको खतरा बढाउने प्रवृत्ति रहेको समेत उल्लेख गर्नुभयो । एक प्रसंगमा उहाँले पहिलोपटक प्रधानमन्त्री हुँदा आफुले बढि बोलेर सरकार ढलेको बताउदै अब भने कम बोल्ने बताउनुभयो ।
