मन्त्रीहरु विदेश कुदेको कुदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २५ शनिवार १३:४२ बजे

मन्त्रीहरु विदेश कुदेको कुदै

काठमाण्डौ
भदौ २५
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज चीनको स्वशासित क्षेत्र तिब्बत प्रस्थान गर्नुभएको छ ।

तिब्बतमा हुने तेस्रो कल्चरल एण्ड टुरिजम एक्स्पोमा भाग लिनका लागि केही बेरअघि अर्थमन्त्री महरा त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो । महरा एक्स्पो उद्घाटन समारोहको प्रमुख अतिथि हुनुहुनेछ ।स्थानीय समय अनुसार साँझ ९ बजे हुने एक्स्पोमा महराले सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलले जानकारी दिनुभयो । कार्यक्रमपछि महराले तिब्बत स्वायत्तक्षेत्रका अध्यक्षसंग पनि भेट गर्ने कार्यक्रम तय भएको छ । महरा भोलि बिहान स्वदेश फर्कनुहुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार