मधेसी मोर्चालाइ राप्रपा नेपालको सहानुभूति


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २५ शनिवार १३:३९ बजे

मधेसी मोर्चालाइ राप्रपा नेपालको सहानुभूति

काठमाण्डौ
भदौ २५
संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मधेसको समस्या समाधान गर्न संविधान संशोसनको लागि तयार रहेको स्पष्ट पारेको छ ।

संविधान संशोधनले मधेसको समस्या हल हुने भए त्यसमा राप्रपा नेपाल बाधा नहुने सो पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको हो । संविधान संशोधनको लागि सत्तारुढ दलनै गैरजिम्मेवार देखिएको उहाँको आरोप थियो । मधेसको समस्या नेपालको आन्तरिक समस्या भएको उल्लेख गदै अध्यक्ष थापाले सत्तारुढ दल मधेस समस्या समाधान गर्न नभई संशोधन प्रस्ताव दर्ता गर्न मात्र लागि परेको आरोप लगाउनुभयो । मिडिया नेपाल सुर्खेतले वीरेन्द्रनगरमा आज बिहान गरेको साक्षात्कारमा राप्रपा नेपालका अध्यक्ष थापाले संविधान संशोधनको लागि अहिलेसम्म सत्तारुढ दलले आफूहरुसंग सम्वाद नै नगरेको दाबी समेत गर्नुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार