एमाले नेताहरुले विपक्षीको धर्म निर्वाह गरे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २३ बिहीवार १५:५९ बजे

एमाले नेताहरुले विपक्षीको धर्म निर्वाह गरे

काठमाण्डौ
भदौ २३
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको बताएको छ  ।

images

प्रधानमन्त्री दाहालले आज व्यवस्थापिका–संसदमा दिएको सम्बोधन तथ्यसंगत नभएको एमालेको टिप्पणी छ । बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गर्नुभयो । रावलले बजेटमा नभएको योजना हावादारी भएको प्रतिक्रिया दिनुभएको हो । संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै उपाध्यक्ष रावलले यो बेकारमा चलाइएको हल्लामात्र भएको समेत बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार