चीनका राष्ट्रपति आउछन् आउछन् भन्छ सरकार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २२ बुधवार १८:५१ बजे

चीनका राष्ट्रपति आउछन् आउछन् भन्छ सरकार

काठमाण्डौ
भदौ २२
सरकारले चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाल भ्रमण स्थगित गर्नुभएको भनि सञ्चारमाध्यमहरुमा आएका समाचारमा सत्यता नरहेको स्पष्ट गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी चीनिया राजदूत उ छुन्थाइले परराष्ट्र सचिव तथा सरकारका उच्च अधिकारीलाई राष्ट्रपति सी को भ्रमण स्थगित भएको जानकारी गराएको भनि आएका समाचार सत्य नभएको उल्लेख गरेको हो । चीनिया राष्ट्रपति सी को भ्रमणका लागि नेपाल सरकारले कुनै तयारी नगरेको भन्ने समाचारमा पनि कुनै सत्यता नरहेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति सी अर्को महिना नेपाल भ्रमणमा आउने चर्चा पछिल्लो समय चलेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार