स्थानीय निकायको हैन,तहको निर्वाचन गर्न सुझाव


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २२ बुधवार १६:५५ बजे

स्थानीय निकायको हैन,तहको निर्वाचन गर्न सुझाव

काठमाण्डौ
भदौ २२

विभिन्न राजनीतिक दलका सचेतकहरुले स्थानीय तहकै निर्वाचन गर्न सरकारलाइ सुझाव दिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले आज  मन्त्रालयमा विभिन्न राजनीतिक दलका सचेतकलाई बोलाएर गर्नुभएको छलफलमा यस्तो सुझाव आएको हो ।

स्थानिय तहको पुनसंरचनाबारे दलहरुबीच विवाद कायम रहँदा प्रमुख दलका कतिपय नेताले हाल कायम स्थानीय निकायकै निर्वाचन गर्ने प्रस्ताव अघि सारिरहँदा दलका सचेतकहरुले भने संविधान अनुसार स्थानीय तहकै निर्वाचनमा जोड दिएका हुन् । छलफलमा सचेतकहरुले स्थानिय तह पूर्नसंरचना आयोगको सिफारिसलाई नै आधार बनाएर स्थानीय तहको संख्या र सिमा निर्धारण गर्न आफूहरु तयार रहेको बताएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । आयोगको प्रस्ताव तथा स्थानीय तह पूर्नसंरचनाबारे राजनीतिक दलहरुबिच सहमतिको प्रयत्न गर्नुपर्ने र शीर्ष नेताहरुले यसबारे ठोस सहमति कायम गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । छलफलमा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी तथा एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका सचेतक सहभागी थिए । छलफलको निष्कर्षबारे प्रधानमन्त्री पुष्पकमल दाहालसंग आफुले छलफल गर्ने संघिय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार