विश्व युवा महासम्मेलनमा प्रमुख वक्ता बन्न पाएका झलनाथ खनालले यस्तो भाषण ठोके


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २६ आइतवार १५:४६ बजे

विश्व युवा महासम्मेलनमा प्रमुख वक्ता बन्न पाएका झलनाथ खनालले यस्तो भाषण ठोके

काठमाण्डौ
मंसिर २६

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको तीव्र विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एक कारण भएको बताउनुभएको छ ।

पाकिस्तानको इस्लामावादमा जारी शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमा यहाँका औपनिवेशिकता पनि रहेको र अहिले उत्तर र दक्षिण तथा पश्चिम र पूर्वका बीचमा बढिरहेको असमानता माझ लाखौँ युवा रोजगारीका लागि विदेश जाने गरेको बताउनुभयो । उहाँले चीन, दक्षिण पूर्वी एसियालगायत दक्षिण एसियामा समेत देखा परेको आर्थिक वृद्धिप्रति सन्तोष व्यक्त गर्दै थप सहकार्यबाट एसियामा विकास र समृद्धि हासिल गर्न सकिने र यसले युवामा रहेको बेरोजगारी समस्या हल हुने उल्लेख गर्नुभयो । खनालले पाकिस्तानका पूर्वप्रधानमन्त्री राजा गिलानीसहित विभिन्न देशका पूर्व विशिष्ट व्यक्तिसँग पनि पनि भेटघाट गर्नुभएको उहाँका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । नेता खनाल यही मङ्सिर २९ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार