भारतीय विस्तारबादको इसारामा संविधान संशोधन प्रस्ताव आएको हो–चित्रबहादुर केसी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १५ बुधवार १५:२० बजे

भारतीय विस्तारबादको इसारामा संविधान संशोधन प्रस्ताव आएको हो–चित्रबहादुर केसी

काठमाण्डौ
मंसिर १५
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र उसको मातृपार्टी नेकपा मसालले संविधान संशोधन विधेयकलाई असफल पार्न भन्दै आन्दोलनको आह्वान गरेको छ । नेकपा मसालले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनको आह्वान गरेको हो ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा वर्तमान संशोधन प्रस्तावलाई असफल पार्नु वा पराजित गर्नु राष्ट्रिय आवश्यकता भएको  जनाईएको छ  ।

त्यसका लागि हामीले राष्ट्रिय रुपमा नै व्यापक आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिईएको छ । ५ नं. प्रदेशलाई टुक्राएर पहाडी भूभागहरुबाट अलग गरेर तराईका जिल्लाहरुको बेग्लै प्रदेश बनाउने प्रयत्न गरिनु  गम्भीर प्रकारको राष्ट्रघाती काम भएको मसालको आरोप छ । यसैबिच काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले भारतीय विस्तारवादको इसारामा सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार