गोल मेसिन मेस्सीको जादुले अर्जेन्टिनाले हरायो कोलम्बियालाई


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १ बुधवार ०९:५८ बजे

गोल मेसिन मेस्सीको जादुले अर्जेन्टिनाले हरायो कोलम्बियालाई

काठमाण्डौ
मंसिर १
विश्वकप छनोट चरण खेल अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा उसले कोलम्बियामाथि ३–० गोल अन्तरको जित निकालेको हो । खेलमा जित निकाल्न बार्सिलोनाका स्टार फरवार्ड मेसीको ३ वटै गोलमा मुख्य भूमिका रह्यो । मेसीले खेलमा १ गोल गरे भने २ गोलका लागि असिस्ट गरेका थिए ।

अर्जेन्टिनाको जितमा खेलको १० औ मिनेटमा सुपरस्टार मेसीले फ्रि किक मार्फत पहिलो गोल गरे भने, दोस्रो गोल लुकासले मेसीको पासमा हेडर मार्फत गर्न सफल बने । त्यस्तै अर्जेन्टिनाको लागि तेस्रो गोल पनि मेसीकै पासमा  डि मारीयाले खेलको ८४ औ मिनेटमा गरेका हुन । खेलमा जित निकालेसँगै १९ अंक बटुलेको अर्जेन्टिना तालिकाको पाँचौ स्थानमा छभने हार व्यहोरेको कोलम्बिया १८ अंक सहित तालिकाको छैठौ स्थानमा छ ।
उता गएरातिनै भएको अर्को खेलमा चिलीले उरुगुवेमाथि ३–१ गोल अन्तरको जित निकालेको छ । चिलीको घरेलु मैदानमा भएको प्रतिस्पर्धामा उसको जितका लागि स्टार खेलाडि एलेक्सिस सान्सेजले २ गोल गरेभने, भार्गासले १ गोल गरेका हुन । यस्तै उरुगुवेका तर्फबाट काभानीले एक सान्त्वना गोल फर्काएका थिए । खेलमा विजयी भएको चिली अंक तालिकामा २० अंक सहित चौथौ स्थानमा रहँदा हार व्यहोरेको उरुगुवे २३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै विश्वकप छनोट चरण अन्तर्गत गएरातिनै भएका अन्य खेलमा इक्वेडरले भनेजुएलालाई ३–० गोलले पराजित गर्दा बोलेभियाले पारागुवेमाथि १–० गोल अन्तरको जित निकालेको छ ।
यता छनोट चरण खेल अन्तर्गत अहिले ब्राजिल र पेरुबीच पेरुको घरेलु मैदानमा प्रतिस्पर्धा भइरहेको छ । दोस्रो हाफको खेल चलिरहँदा दुवै टिमबाट कुनै गोल हुन सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार