केपी ओलीको प्रश्न – संविधान संशोधन किन?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २० सोमवार १७:२३ बजे

केपी ओलीको प्रश्न – संविधान संशोधन किन?

काठमाण्डौ
भदौ १९
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको दवाबमा संविधान संशोधन नहुने बताउनुभएको छ ।

थाइल्यान्डमा स्वास्थ्य उपचार गराएर आज काठमाडौं फर्केका ओलीले विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कसैले भन्दैमा लहड र वहकावमा संविधान संशोधन नहुने उल्लेख गर्नुभयो । संविधान संशोधनको आवश्यकता, औचित्य र कारणबारे सरकार नै स्पष्ट नरहेको आरोप लगाउँदै ओलीले पहिले सरकारले संशोधनको औचित्य र कारण स्पष्ट पार्नुपर्ने बताउनुभयो । त्यसपछिमात्र संसोधनबारे छलफल चलाउन सकिने ओलीको भनाई थियो । उहाँले तत्काल संविधान संशोधन गर्नपर्छ भन्ने पक्षमा एमाले नरहेको पनि स्पष्ट पार्नुभयो ।
ओलीले पहिले आर्थिक विधेयक फेल गराउनेहरुले अहिले पुरक बजेट ल्याउँछु भन्नु लजास्पद कुरा भएको टिप्पणी गर्नुभयो । बैंककमा रहँदा भारतीय गुप्तचर संस्था “रअ” का प्रतिनिधिसंग भेटेको चर्चाबारे सञ्चारकर्मीको जिज्ञासमा ओलीले त्यसको खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, “यो वाहियात कुरा हो। मैले त्यहाँ कसैका प्रतिनिधिलाई भेटेको छैन। भेट्न आवश्यक पनि छैन।’


प्रतिक्रिया

सम्बन्धित समाचार