काठमाण्डौ
भदौ २१
नेकपा माओबादी केन्द्रको संसदिय बोर्डले व्यवस्थापिका संसदमा सत्तापक्षको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको बोर्ड बैठकले सरकारलाइ सहयोग गर्न नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदललाइ सक्रिय बनाउने र सरकारलाइ सहयोग गर्न सकिने विषयमा सल्लाह सुझाव दिने निर्णय भएको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले जानकारी दिनुभयो । साथै यसअघि संसदिय दलका प्रमुख सचेतक रहेका हीतराज पाण्डे मन्त्री भएपछी सचेतक कसलाइ तोक्ने भन्नेबारे सामान्य छलफल भएको नेता सापकोटाले जानकारी दिनुभयो । माओवादी केन्द्रको संसदीय बोर्डको अर्को बैठक आगामी २८ गते बस्नेछ ।
