राप्रपा इलामबाट उम्मेदवार सिफारिस


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७४ असोज २७ शुक्रवार ०९:१९ बजे

राप्रपा इलामबाट उम्मेदवार सिफारिस

इलाम, २७ असोज

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० इलामले पनि उम्मेदवार चयन गरेको छ ।

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ बाट लालबहादुर डाँगीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ इन्द्रकुमार लामा, ऋषिकेश ओझा र समानुपातिकतर्फ सांसद लीलादेवी श्रेष्ठ र गणेशबहादुर चौहानको नाम सिफारिस गरिएको छ ।

राप्रपाले प्रदेशसभाका लागि क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ नसिव राई र प्रताप चापागाईंलाई उम्मेदवार सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा डिगबहादुर कोइराला, माया चौहान, जीवन पाण्डे र दामोदर दाहाललाई सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष यामप्रसाद चापागाईंले बताउनुभयो ।
रासस


प्रतिक्रिया

सम्बन्धित समाचार