आयोगले दलहरुसँग छलफल गर्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार ०८:०५ बजे

आयोगले दलहरुसँग छलफल गर्दै

काठमाण्डौ
१५ फागुन ।

आउदो बैशाख ३१ गते तय भएको स्थानीय  निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगले आज मुख्य राजनीतिक दलसंग छलफल गर्दै छ । केहीवेरपछी जमल बहादुर भवनस्थित आयोगको कार्यालयमा सूरु हुने छलफलमा मुख्य दलहरु नेपाली काग्र्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा नेपाललगायतका दलहरुलाई बोलाईएको छ ।

आयोगले स्थानीय निर्वाचन र त्यसका प्रक्रिया, विधिलगायतका विषयमा दलहरुसँग छलफल लागीएको आयोगका सहसचिव तथा प्रबक्ता तथा सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।  गएको सोमबार सरकारले आउदो बैशाख ३१ गतेलाई निर्वाचन गर्ने घोषणा गरेपनि राजनीतिक सहमति हुन सकेको छैन । राजनीतिक दलसम्बन्धी विधयेक पारित हुन सकेको छैन भने, स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन आयोगले पाउन सकेको छैन ।

उता  संयुक्त लोकतान्त्रिक मधेशी मधेशी संविधान संशनेधन विना निर्वाचन नमान्ने भन्दै आन्दोलनमा  छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार