स्थानीय निर्वाचन हुँनेमा शङ्का छ : नेता नेपाल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १४ शनिवार १२:०३ बजे

स्थानीय निर्वाचन हुँनेमा शङ्का छ : नेता नेपाल
पर्वत, १४ फागुन । 
 
नेकपा एमालेका नेता माधवकुमार नेपालले आउँदो वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा शङ्का रहेको बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्मा बजारमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नदेखिएको भन्दै निर्बाचन हुँनेमा शंका ब्यक्त गर्नुभयो । 
 
संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको भन्दै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा नजाने बताउनुभयो । संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएकाले संविधान कार्यान्वयन तर्फ लाग्नुपर्ने उहाको जोड छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार