काठमाण्डौ
भदौ १९
नेपाल क्रिकेट संघ क्यानमाथी लागेको प्रतिबन्ध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आइसीसीले लगाएको प्रतिबन्ध फुकुवा गर्न दुवै पक्षबाट गर्न सक्ने पहलबारे छलफल भएको बताईएको छ । छलफलमा प्रधानमन्त्री दाहालले क्रिकेट जस्तो लोकप्रिय खेलमा भइरहेको विवाद र आइसिसीले लगाएको प्रतिबन्धबाट आफू दुखी भएको बताउदै समाधानका लागि जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको बताउनुभएको थियो ।
नेपाली क्रिकेटको विवाद समाधानका लागि एक कार्यदल बनाएर सहमति खोज्ने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यदलको संयोजक नतोकिने समितिमा ५ देखि ७ जना सदस्य रहने र निश्चित समयमा विवाद समाधान गरेर निकास दिने विषयमा छलफलको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोलीसंगको भेटमा खेलकुद मन्त्री दलजीत श्रीपाइली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबबहादुर विष्ट पनि उपस्थित हुनुहुन्थ्यो । आई सिसिको टोली हिजो साझ नेपाल आएको हो ।
