पशुपती र कला जोगाउँन लागे कालापानी (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १३ शुक्रवार ०९:२१ बजे

पशुपती र कला जोगाउँन लागे कालापानी (भिडियो सहित)

काठमाडौ, १३ फागुन ।

पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो नाम अब्बल राख्न सफल कलाकार पशुपती शर्मा र कला पंगेनीको आवाजमा रहेको लोक राष्ट्रिय गीत आएको छ । जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता, जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता जस्ता राष्ट्र प्रेमले ओतपोत भएको गीत बजारमा आएको हो ।

कृष्ण फिल्मसको प्रोडक्सन रहेको गीतको भिडीयो चर्चित निर्देशक शंकर विसीको निर्देशन र सुरेश श्रेष्ठको छायङ्कन, नबिन घर्तीमगरको सम्पादनमा तयार पारीएको हो । विनोद वाजुरालीको संगीत संयोजन, दुर्गा पंगेनीको शब्द संकलमा पशुपति आफैले भाका तयार पारेको गीतमा गायक शर्मा, गायिका पंगेनी, मोडल विपेश घिमीरेका, नायीका विनु खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार