व्यवस्थापिका संसद बस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १२ बिहीवार ०७:३८ बजे

व्यवस्थापिका संसद बस्दै

काठमाण्डौ,१२ फागुन ।

संविधान संशोधन विधेयकमाथी छलफल गर्ने सम्भावित कार्यसूचीसहित व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।

नयाँ बनोश्वरस्थित संसद भवनमा अपराह्न तीनबजेपछि बस्ने आजको बैठकमा सरकारे संविधान संशोधन विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । यद्यपी त्यस विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका नौ दलले सरकारसँग संसदले दिने परिणाम स्वीकार गर्न सर्त राखेका छन् । उनीहरुले संसदबाट आउने परिणाम स्वीकार गरेमात्र संशोधन विधेयकको प्रक्रिया अघि बढ्न दिने बताएका छन् ।

सरकारले निर्वाचन घोषणा गरेलगत्तै आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसीलाई फर्काउन संशोधन विधेयक अघि बढाउने भनिएपनि विपक्षी दलका कारण आज संसदमा विधेयक पेश नहुने सम्भावना छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार