काठमाण्डौ
११ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वा्धिक मत ल्याउनु भएको छ । आज बिहान सम्पन्न निर्वाचनको मतगणनामा तामाङले केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गर्नु भएको हो ।
हिजो विहानदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए । मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो । यस्तै केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा रहनु भएका विक्रम पाण्डेले १ हजार ९ सय २६ मत प्राप्त गर्नु भएको छ । भने तेस्रो नम्बरमा गायिका कोमल वलीले १ हजार ८ सय ५७ मत पाउनु भएको छ । यस्तै केन्द्रिय सदस्यको चौथो नम्बरमा धवलशमशेर राणाले १ हजार ७ सय ३९ मत प्राप्त गर्नुभयो भने राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गर्नु भएको छ । यस्तै राप्रपाको केन्द्रिय सदस्यमा नायिका रेखा थापा पनि विजयी हुनु भएको छ ।
महिलातर्फको कोटामा थापाले १ हजार ६ सय ३ मत प्राप्त गर्नु भएको हो । उहाँले कुन्ती शाहीपछि महिलातर्फ सर्वा्धिक मत पाउनु भएको हो । शाहीले १ हजार ८ सय ४८ मत प्राप्त गर्नु भएको छ । यस्तै गायिका मीरा राणा पनि महिलातर्फको कोटामा १ हजार ४ सय ५२ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
