काठमाण्डौ
२९ माघ ।
नेपाली सांगितिक क्षेत्रमा नारायण राई नयाँ नाम होइन, विगत १२ बर्षदेखि निरन्तर गीत गाइरहेका गायक राईका गीत र गर्लफ्रेण्ड लगभग बराबरजस्तै छन् । उनी स्टुडियोमा गाउनमात्र होइन,स्टेजमा पनि आम स्रोता दर्शकलाई नचाउन माहिर छन् । सांगितिक यात्राकै क्रममा मुलुकका अधिकांश भाग घुमिसकेका राईसँग आज हामीले संगित,मायाप्रेम र प्रेमदिवसबारे कुरा गरेका छौँ ।

नारायण जी, आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
नयाँ गीतहरु रेकर्ड भइरहेका छन् । भर्खरै ‘नाकैमा झम्के फुली’ भन्ने गीत ल्याएको छु । त्यसको प्रमोसनमा जुटिरहेको छु ।
भनेपछि रोमाण्टिक गीत ?
हजुर । मान्छेलाई नचाउने उद्धेश्यले यो गीत बनाइएको छु । राम्रै प्रतिक्रिया आउला,स्रोता,दर्शकले रुचाउनुहोला भन्ने आशा राखेको छु ।
कस्ता गीतहरु बढि गाउनुहुन्छ ?
गाउन त सबै प्रकारका गीतहरु गाएको छु । तर, कतिपयले सेन्टि गाउदा राम्रो हुदोरैछ भन्नुहुन्छ, कतिपयले रोमाण्टिकमै ठिक छ भन्नुहुन्छ । परिआएको खण्डमा जस्तो गीत पनि गाउछु ।
युवा गायक हुनुहुन्छ, टन्नै युवतीहरु पछि लाग्छन् होला नि है ?
तपाईले भनेजस्तो पछि लाग्नुपर्ने चाहिँ हो । जरुरी पनि छ । प्रकृतिको नियम हो । मेरोपनि पछि लागेकै छन् । भनेजति चाहिँ छैनन् ।
गन्नुस् न,कतिजना पछि लागे अहिलेसम्म ?
(हाँस्दै ) गन्नैपर्ने र भन्या ? आउने जाने त भइरहन्छ नै । मसँग अफेयर चलेको कुरा सोध्नुभयो भनेचाहिँ भन्नसक्छु । मलाई मन पराउने र फलो गर्ने केटीहरु गन्न थाल्यो भने भोलिको बाह्र बज्छ ।

अफेयर चाहिँ अहिलेसम्म कतिसँग चल्यो ?
लगभग अफेयर ब्रेकअप गर्दै २१ जनाको ब्वाईफ्रेण्ड भइसकेँ म ।
भनेपछि कम्तिमा पनि तपाईले २१ जनासँग सेक्स गर्नुभयो ?
(हाँस्दै ) बढि पनि हुनसक्छ । ठ्याक्कै चाहिँ नभनौँ होला ।
केटीहरुलाई प्रस्ताव आफुबाट बढि जान्छ कि उनीहरुबाट बढि आउछ ?
धेरैजसो त उनीहरुबाट नै आए । लगभग लगभग दुबैतर्फबाट भएको भन्दा फरक नपर्ला ।
भनेपछि धेरैलाई रुवाउनुभयो है ?
कोहि आएर रोएर गए,कोहि आए रुवाएर गए । जीवनमा यस्तै चलिरहेको छ ।
सेक्स भनेको के हो तपाईको बुझाईमा ?
जीवनमा हुनैपर्ने अनिवार्य कुरा हो । यो हुनैपर्छ । छोटोमिठो हुन्छ सेक्स ।
जीवनमा सेक्स गर्ने प्रस्ताव पनि आए ?
अब त्यो हुनपनि सक्छ । कतिपय अवस्थामा समय,परिस्थिती हेरेर स्विकार्छु पनि ।
तपाईलाई एकदम मरिहत्ते गर्ने कोहि थियो ?
म अहिलेपनि सम्झिन्छु । थिइन् एकजना । जोरपाटीमा बस्दा मलाई उनले धेरै माया गर्थिन् । याद आउछ अझैपनि ।
अनि कसरी छुट्यो ?
(हाँस्दै ) सबै भन्नैपर्ने र भन्या । त्यस्तै हो,दुःखसुख आइपर्छ । जति बाहिर देखिन्छन् कलाकारहरु,भित्र त्यति नहुनसक्छ । सायद् यस्तै कारणले होला ।
आफ्नै स्वरमा कति गीत रेकर्ड गरिसक्नुभयो ?
करिब ३ दर्जन पुगे होलान् । लोकदोहोरी गीत २५ वटाभन्दा बढि नै गाएको छ । आधुनिक गीत पनि एकदर्जन नाघिसके ।
तपाईका गर्लफ्रेण्ड र गीत लगभग बराबर नै रहेछ, संगित प्यारो कि सेक्स ?
(हाँस्दै ) कलाकारको जीवनमा संगितभन्दा अगाडी केहि हुनसक्दैन । कतिले त ढाँट्लान् पनि । मैले नढाँटी भन्दा एक नम्बरमा संगित,त्यसपछि सेक्स ।
मायाप्रेम भनेको के रहेछ त ?
जीवनको लागि अपरिहार्य कुरा हो । मायाप्रेमबिना जीवन अधुरो र अपुरो हुन्छ ।
भ्यालेन्टाइन्स् डे मा योजना के छ त ?
हुन त उहाँलाई हामीले सम्मान गरेकै छौँ । म पनि सम्मान गर्छु । तर मलाई विद्यादेवी भण्डारी शक्तिशाली तर सिम्पल नारी लाग्छ । समय मिलेछ भने फूल बोकेर उहाँलाई भेट्न जानेछु । हुन त मैले भन्न नहुने हो,तर सत्य कुरा म उहाँलाई मन पराउछु ।
तपाईले गीत धेरै गाइसक्नुभएको छ, आखिर तपाई किन गाउनुहुन्छ ?
वास्तवमा सबैको आ–आफ्नै बिचार हुन्छ । म चाँहि मनको शान्तीको लागि गाउछु ।
तपाईले धेरै गीत गाउनुभयो, कस्तो गीत गाउन बढि मन पर्छ ?
अहिलेसम्म सबै प्रकारका गीतहरु गाइरहेको छु । मायाप्रेमका कुरा,बिछोडका कुरा सबै समेटिएका गीतहरु मैले गाइसकेको छु । कहिलेकाहीँ नयाँ शब्दहरु फेला पर्दा यस्तो प्रकारको गीत पनि गाउनुपर्ने रहेछ भन्ने लाग्छ । खासै त्यस्तो त छैन ।
तपाईलाई चाहिँ मनपर्ने ५ जना नेपाली गायक÷गायीका को को हुन् ?
मैले बच्चादेखि अरुण थापाको गीत सुन्थेँ । मनपर्ने पाँचजना छान्नुपर्दा अरुण थापा,अरुणा लामा,आनन्द कार्की,स्वरुपराज आचार्य र अञ्जु पन्त हुनुहुन्छ ।

मनपर्ने पाँच गीत ?
प्रदिपराज पाण्डे दाईले गाउनुभएको ‘म तिम्रो शहर छोडी’, गुलाम अलीले गाउनुभएको ‘के छ र दिउँ’ , अरुणा लामाले गाउनुभएको ‘उडिजाऊँ भने’,नारायणगोपालले गाउनुभएको ‘यति धेरै माया दिई’ र सविन राईको ‘गुराँसको फेदमुनी’ मनपर्छ ।
तपाईलाई मनपर्ने नेता को हो ?
राजनीतिक दलका क्रियाकलापप्रति धेरै जनताले असन्तुष्टि जनाइरहनुभएको छ । यहि नै भन्ने त हुनुहुन्न । तर मलाई विशेषगरी राष्ट्रपति विद्यादेवी भण्डारी मनपर्छ । उहाँको व्यक्तित्व,काम गराई मनपर्छ । उहाँ साहसी र शक्तिशाली नेपाली नारी हुनुहुन्छ । उहाँ सिम्पल र नारीमा हुनुपर्ने सबै गुण छ ।
