निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी विरुद्ध सर्वोच्चमा रिट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २० बिहीवार ०७:५० बजे

निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २० माघ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदबन्दी हटाउन आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

नेपाल ल क्याम्पसका विद्यार्थी शंकर गौतमलगायत २० जनाद्धारा दायर गरिएको रिट निवेदनमा त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनमा उम्मेद्वार हुन गैरकानुनी रुपमा उमेर हदको प्रावधान राखेको उल्लेख गरिएको छ ।

आगामी फगुन १५ गते हुने निर्वाचनमा उम्मेद्वार हुन विश्वविद्यालयले २८ बर्षभन्दा कम हुनुपर्ने प्रावधान राखेको छ । सो प्रावधानको केही विद्यार्थीहरुले आलोचना गर्दै आएका छन् । आजको नेपाल समाचापत्रमा खबर छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार