विदाको कारण राज्य व्यवस्था समिती पनि ठप्प भएपछि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १६ आइतवार ०९:१७ बजे

विदाको कारण राज्य व्यवस्था समिती पनि ठप्प भएपछि

काठमाण्डौ
१६ माघ ।

दुई दिन लगातार परेको सार्वजनिक विदाका कारण संसदको राज्य व्यवस्था समितीको बैठक बस्न नसक्दा आवश्यक विधेयकमाथीको छलफल प्रभावित भएको छ । हिजो ल्होसार पर्व र आज शहिद दिवस परेपछि बैठक भोलीसम्मका लागी सारिएको छ । यसअघि शुक्रबार बसेको समीतिको बैठकले स्थानीय तहको निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रयास गरेपनि निर्णयमा पुग्न सकेको थिएन ।

समीतिमा थ्रेस होल्ड र राजनीतिक दललाई अनुदान दिने÷नदिने भन्ने विषयमा सांसदहरुबीच मतभिन्नता छ । थ्रेस होल्ड नराख्न साना दलका नेताहरुले समीतिका सदस्यहरुलाई दबाब समेत दिदै आएका छन । समीतिका सदस्य सांसद रामेश्वर फुयालले सार्वजनिक विदा परेकाले थ्रेस होल्ड र राजनीतिक दलहरुलाई अनुदान दिने या नदिने विषयमा दलका प्रमुख नेतासंग अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो । अब भोली र पर्सी बस्ने बैठकबाट विवादित विषयमा सहमति जुटाई संसदमा प्रतिवेदन पेश गर्ने पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार