सार्बजनिक भयो स्ववियु निर्वाचनको कार्यतालिका


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १५ शनिवार १२:१३ बजे

सार्बजनिक भयो स्ववियु निर्वाचनको कार्यतालिका

काठमांडौ, १५ माघ ।

त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिनुभयोे ।

उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने समय निधारण गरिएको उहाले जानकारी दिनुभयो ।

कार्यतालिका अनुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गने र १४ गते मतदान हुने उहाँले जानकारी गराउनुभयो ।

त्रिविले फागुन १४ गतेको निर्वाचनलाई लक्षित गरी त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको थापाले बताउनुभयो । त्रिविले ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको हो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार