स्ववियु चुनावको मुखमा उत्साह र चहलपहल छैन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १० सोमवार ०७:३८ बजे

स्ववियु चुनावको मुखमा उत्साह र चहलपहल छैन

माघ १०
सुर्खेत ।

विद्यार्थीको साझा मञ्च स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन अब एक महिना मात्र बाँकी छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको छ ।

सुर्खेतमा रहेका ७ वटा क्याम्पसमा चुनावी माहोल अझै बन्न सकेको छैन । विगतका चुनावमा स्ववियु चुनाव हुने घोषणा भए मात्रै पनि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनमा प्रचार प्रसारदेखि उमेद्वार घोषणासम्मका कामहरु सुरु भइसक्थ्यो ।
पर्चा पोष्टर व्यानरसहित उमेद्वारहरुको पक्ष विपक्षमा हरेक चिया पसलमा बहस हुने गर्थे ।

स्ववियु चुनावले स्थानिय चुनावकै झल्को दिने गथ्र्यो तर यसपटक भने त्यति धेरै उत्साह नदेखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार